२५ हजार घुससहित लेखापाल पक्राउ

Advertisement

बारा । जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू २५ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल थारुलाई सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

फेटा गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, बारामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक–पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement

Advertisement

Advertisement