काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७३ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज नौ सय रुपियाँले घटेर प्रतितोला ७२ हजार छ सय रुपियाँ कायम भएको हो ।
महासंघले आज तेजाबी सुन प्रतितोला ७२ हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार २४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ९९० रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ८६० रुपियाँ कायम गरेको छ ।