मोदीले किन ठोक्काए ट्रम्पसँग हात

Advertisement

पेरिस । फ्रान्समा जारी जी ७ को बैठकको आसपासमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुराकानी भएको छ ।

काश्मीर सम्बन्धी धारा ३७० खारेज भएपछि ट्रम्पले भारत र पाकिस्तानको बीचमा मध्यस्थताको प्रस्ताव राख्दै आएका छन् । मध्यस्थताको प्रस्तावको कारणले एक पटक दुई देश ९भारत र अमेरिका बीच थोरै असहज जस्तो अवस्था देखिए पनि अहिले भने दुई पक्षका नेताबीच कुराकानी भएपछि वातावरण केही सहज भएको पाइएको छ ।

मोदीले पछिल्लो समयमा भारत र पाकिस्तान मिलेर समश्याको समाधान गर्ने र यसमा तेस्रो पक्षको मध्यस्थताको जरुरी नरहेको जनाएका छन् । यो कुरामा ट्रम्पपनि मोदीको भनाईमा सहमत देखिएका छन् । भारतका पूर्वविदेश सचिव मुच्कुन्द दुवेले ट्रम्पले पहिला मध्यस्थताको प्रस्ताव सोचे संझेर नराखेको जनाएका छन् ।

फ्रान्समा आयोजित जी ७ बैठकपछि ट्रम्प र मोदीबीच भेटघाट भएको थियो । भेटपछि दुवै जना सोमबार पत्रकार सामु आएका थिए । उनीहरुबीच के कुराकानी भयो भन्ने प्रश्नमा हिन्दीमा मोदीले भनेका थिए,‘‘मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुस् । हामीहरु कुरा गरिरहन्छौं । जब आवश्यकता हुन्छ त्यतिबेला हामी अवश्य पनि तपाईंहरुलाई जानकारी गराउँछौं ।

मोदीको यो प्रतिक्रियापछि ट्रम्पले भनेका थिए,‘‘वास्तवमा उनी एकदम राम्रो अंग्रेजी बोल्छन् । उनी खाली बोल्न चाहँदैनन् ।’’ट्रम्पको यस्तो टिप्पणीप्रति प्रधानमन्त्री मोदी खुलेर हाँसेका थिए । त्यसपछि मोदीले हाँस्दै ट्रम्पको हातमाथि आफ्नो हात ठोक्काएका थिए । यो क्रम केही बेर चलेको थियो । उनीहरुको यो शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसेका थिए ।

Advertisement

Advertisement

Advertisement