रसुवागढी भन्सार हुँदै नेपाल प्रवेश गरेका ३ सवारीसाधन अनुसन्धानका लागि नियन्त्रणमा

Advertisement

रसुवागढी । राजस्व अनुसन्धान विभागले रसुवागढी भन्सार हुँदै नेपाल प्रवेश गरेका तीन वटा मालबाहक सवारीसाधनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धानको टोलीले विस्तृत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले नियन्त्रणमा लिइएका ट्रकमाथि अनुसन्धान भइरहेको जानकारी दिए। विभागको टोलीले तीन दिनअघि नेपाल प्रवेश गरेका गाडीलाई रसुवा र नुवाकोटको सिमाना बेत्रावती नजिकैबाट नियन्त्रणमा लिएको थियो।

सवारीसाधनमा लत्ताकपडा रहेको विभागले जनाएको छ। भन्सार जाँचपासका क्रममा यथार्थ मूल्यांकन नभएको आशंकामा ती सवारीसाधन नियन्त्रणमा लिइएको थियो। विभागले सवारीसाधनको विस्तृत विवरण खुलाएको छैन।

केही समयअघि पनि रसुवागढी हुँदै नेपाल आएको एउटा ट्रकलाई विभागको टोलीले नुवाकोटबाट नियन्त्रणमा लिएको थियो। त्यस क्रममा भन्सार विन्दुमा घोषणा गरिएको भन्दा फरक मालवस्तु नेपाल भित्र्याएको पाइएपछि विभागले भन्सारका कर्मचारीसहित सामान आयातकर्ता र ढुवानीकर्ताविरुद्ध मुद्दा दायर भएको थियो।

Advertisement

Advertisement

Advertisement