‘नाडा अटो शो’मा सुजुकीका गाडिहरुमा यस्ता छन् छुट सुविधा, हाइब्रिड कारमा आकर्षण बढ्दो

Advertisement

काठमाडौं । ‘नाडा अटो शो’ तथा नजिकिँदो चार्डपर्वहरुको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पर्वोत्सव योजनालाई यसअघि झैं अगाडी सारेको छ ।

हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुसहित प्रस्तुत गर्ने गरेको छ । यस वर्ष पनि विशेष बनाएको कम्पनीले जनाएको छ । यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात हो भन्दै सुजुकीले यो योजना नाडा अटो शोदेखि तिहारसम्म लागू हुने जनाएको छ ।

नेपाली समाजमा चार्डपर्वमा नयाँ गाडी घर भित्र्याइने चलन छ । सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुको लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुने कम्पनीको भनाई छ ।

यस वर्ष सुजुकी पर्वोत्सव योजनामा दुई लाख रुपियाँसम्मको नगद छुट, अधिकतम एक लाख रुपियाँसम्मको एक्सचेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत् अधिकतम एक लाख रुपियाँसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ ।

यसका साथै नाडा अवधिभर स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजार रुपियाँसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने छ । यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ, । नाडा अटो शोमा कम्पनीले इर्टिगा, सियाज र एस–क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ । यिनीहरुको मूल्य क्रमशः ३८ लाख ९९ हजार, ३८ लाख २९ हजार तथा ४२ लाख ९९ हजार रहेको छ ।

यस कारले उपभोक्ताहरुको वातावरणमैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तन समेत गर्ने कम्पनीको विश्वास छ । हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरणमैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको जनाउँदै सुजुकीले दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिने जनाएको छ ।

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले काम गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि काम गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुने अर्थात् कहिले ब्याट्रिको मात्र खपत हुन्छ भने कहिले ब्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्यट्रिले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रिमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा काइनेटिक इनर्जी खेर जान्छ । तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको ब्याट्रि चार्ज हुन्छ ।

वातावरणमैत्री हाइब्रिडकारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्ने भन्दै कम्पनीले योजना विना नै पनि कतै यात्रा गर्नुपरे त्यस्तो यात्रालाई कतै मोड्नु नगर्ने, नत चार्जिङको तनाव नै व्यहोर्नु पर्ने जनाएको छ । यात्रा गर्दा कुन विकल्पलाई छनौट गर्ने भन्ने कुरा चालक आफैले तय गर्न सक्नेछ ।

Advertisement

Advertisement

Advertisement