पुनर्बीमा कम्पनीको नाफा ११७ करोड, ९१.६७ प्रतिशतले बढ्यो व्यवसाय

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफा १ अर्ब १७ करोड पुगेको छ । कम्पनीले एक वर्षको अवधीमा २३.१५ प्रतिशत अर्थात २२ करोडले वृद्धि गर्न सफल भएको हो । २०७५ असार मसान्तसम्ममा कम्पनीको नाफा जम्मा ९५ करोड रुपैंयाँ मात्रै थियो ।

पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षमा आफ्नो व्यवसाय भने ९१.६७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । २०७५ असार मसान्ततमा जम्मा २ अर्ब ८८ करोड पुनर्बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६ असार मसान्तमा आईपुग्दा ५ अर्ब ५२ करोड पुनर्बीमा शुल्क संकलन गरेको हो । जुन २०७५ असार मसान्तको भन्दा २ अर्ब ६४ करोडले बढी हुन्छ ।

कम्पनीले निर्जीबन बीमा व्यवसायको पुनर्बीमा मार्फत २०७६ असार मसान्त अवधीमा ९८ करोड नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायको पुनर्बीमा मार्फत १९ करोड नाफा आर्जन गरेको हो ।  २०७५ असार मसान्तमा कम्पनीले निर्जीबन बीमा व्यवसायको पुनर्बीमा मार्फत ७८ करोड र जीवन बीमाको व्यवसाय मार्फत १७ करोड नाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले २०७६ असार मसान्तसम्मको अवधीमा ५ अर्ब ५२ करोड पुनर्बीमा शुल्क आर्जन गरेको छ । जसमा निर्जीवन तर्फको शुल्क ५ अर्ब १२ करोड र जीवन बीमा तर्फ जम्मा ४० करोड रुपैंयाँ मात्रै रहेको छ । २०७५ असार मसान्तमा कम्पनीको बीमा शुल्क जम्मा २ अर्ब ८८ करोड मात्रै थियो । जसमा निर्जीवन बीमाको हिस्सा २ अर्ब ५३ करोड र जीवनतर्फको जम्मा ३५ करोड मात्रै थियो ।

८ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ९६ करोड रुपैंया रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब ७० करोड रुपैँया रहेको छ ।

Advertisement

Advertisement

Advertisement