ज्योति विकास बैंकको नयाँ शाखा महाराजगंजमा

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तार गर्ने क्रममा मगंलबार काठमाडौंको महाराजगंजमा नयाँ शाखा उद्घाटन गरेको छ। उक्त बैंकको उद्घाटन पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । बैंकिङ पहुँचमा थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा महाराजगंजमा सञ्चालनमा ल्याइएको हो।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महतले बैंकिङ क्षेत्रको प्रगति र यसले मुलुकको ढुकुटीमा पुर्याएको योगदान उल्लेखनीय रहेको कुरामा जोड दिएका छन् ।

हाल ज्योति विकास बैंकको नयाँशाखासहित १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

Advertisement

Advertisement

Advertisement