नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन भएको छ। मङ्गलबार सम्पन्न आर्थिक महिला पत्रकारहरुको भेलाले सात सदस्यीय महिला विभाग गठन गरेको हो।

गठित विभाग प्रमुखमा आर्थिक अभियान राष्ट्रिय दैनिककी प्रजिता बुढाथोकी रहेकी छिन्। सदस्यहरुमा मेरो लगानी डटकमकी सुधा देवकोटा, इन्स्योरेन्स खवर डटकमकी रिना खत्री, आर्थिक अभियान राष्ट्रिय दैनिककी मल्लिका घिमिरे, अन्नपूर्ण पोष्ट दैनिककी सपना महर्जन र आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका दिप्ती भट्ट र मिना आचार्य रहेका छन् । नव गठित विभागकी प्रमुख नाफिज केन्द्रिय कार्यसमिति सदस्य हुन ।

nafij-2

 

प्रादेशिक संरचना अनुसार नाफिजले आफ्नो संरचना विस्तार गर्दै आएको छ। आर्थिक पत्रकारिता क्षेत्रमा महिलाहरुले भोगेका साझा समस्याको आवाज उठाउँन र आर्थिक क्षेत्रका समग्र महिलाहरुको शशक्तिकरणका लागि नव गठित विभागले काम गर्नेछ । विभागको उदेश्य भनेको पत्रकारिता क्षेत्रमा महिलाहरुले पनि आफ्नो छुट्टै पहिचान बनाउने हिसावमा काम गर्ने वातावरण सृजना गर्नु हो।नेपाल आर्थिक पत्रकार संघ( नाफिज) को अध्यक्ष सीताराम भट्टराईको सभापतित्व एवम् संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति माननिय कल्याणी खड्काको प्रमुख आतिथ्यतामा महिला विभाग गठन भएको हो। कार्यक्रममा बोल्दै संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति खड्काले नवगठित विभागका पदाधिकारीहरुलाई शुभकामना दिर्दै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तयार रहेको बताईन।

सृष्टीको सृजना गर्ने महिलाहरुले जुन सुकै काम गर्न सक्ने वताउदैं उनले आर्थिक पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन महिला पत्रकारहरु निरन्तर लाग्नुपर्नेमा जोड दिईन। नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारितामा महिलाहरुको विशेष भुमिकाको आवश्यकतालाई महसुस गरी यस क्षेत्रमा महिला शशक्तिकरणको सुरुवातका लागि विभाग गठन गरिएको बताए । यो थालनी नेपाली आर्थिक पत्रकारितामा महिला शशक्तिकरणका लागि नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement