कुमारी बैंकले गर्यो १० प्रतिशत बोनस सेयर दिने घोषणा

Advertisement

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १० प्रतिशत बोनस र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपियाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ४ करोड ५७ लाख १३ हजार ५४२ रुपियाँ नगद लाभांश बाँड्नेछ ।

८ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकले गत वर्ष १५ रुपियाँ ३६ पैसा प्रतिसेयर आम्दानी गरेको थियो । साथै, ९७ करोड सेयरधनी कोषमा जम्मा पारेको थियो । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

हाल कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपियाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४३९ रुपियाँ पुग्नेछ ।  बैंकले असार मसान्तसम्म १ अर्ब ३३ करोड ४० लाख रुपियाँ खुद नाफा कमाएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपियाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपियाँ ६४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement