निजी आवास पुनः निर्माणको गति सुस्त

Advertisement

काठमाडौं । भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ । सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङले बताएका छन् ।

नगरपालिकामा पुनःनिर्माणका लागि लाभग्राही सङ्ख्या छ हजार १७४ रहेकामा एक हजार ६५२ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माण गरेको कार्यालयले जनाएको छ । प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन ।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रवलीरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको इञ्जिनीयिर गुरुङले जानकारी दिए । उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच हजार ६२ र दोस्रो किस्ता लिने दुई हजार ८५ लाभग्राही छन् । करीब तीन हजार लाभग्राहीले पहिलो किस्ताको ५० हजार अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै नगरेको कार्यलयले जनाएको छ । धेरैले प्रवलीकरणमा सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणमा आउन चाहदैनन् ।

Advertisement

Advertisement

Advertisement