बैंकहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको माग

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ ।

संसदको अर्थ समितिले यस्तो लाइसेन्स नदिन निर्देशन जारी गरेसँगै प्रक्रिया रोकिएको बेला संघले सरकारसँग लाइसेन्स दिन माग गरेको हो । उपसमितिले दुई महिनाभित्र अध्ययन सक्नेगरी यो विषयमा एक उपसमिति पनि बनाएको छ । संघको बुधबार बसेको बैठकले ब्रोकरेज सेवा प्रदान गर्नको लागि नेपाल स्टक एक्सचेन्जमा आवेदन दिएका बैंकहरुलाई साहयक कम्पनी खोली ब्रोकरेज सेवा प्रदन गर्न पाउने गरी तत्काल लाइसेन्स वितरण गर्न माग गरेको छ ।

प्रक्रिया पुर्याएर आवेदन दिएका बैंकहरुलाईसमेत ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित गरिएको संघले जनाएको नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से)को सुचनामा जनाइएको छ । नेप्सेले तत्काल लाइसेन्स वितरण गर्न संघले माग गरेको जनाएको छ । संसदीय समितिको पत्रसँगै नेप्सेले लाइसेन्स दिने प्रक्रिया रोकेको थियो ।

Advertisement

Advertisement

Advertisement