सुजुकीको नयाँ 'एक्सएल६' बजारमा, स्मार्ट हाइब्रिड प्रविधियुक्त पेट्रोल इन्जिन, स्टाइल र कम्फोर्ट

Advertisement

काठमाडौं । सिजी मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ एक्सएल६ गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको यो गाडिको भित्री र बाहिरी रुप आकर्षक रहेको छ ।

सिजी मोटोकर्प काकार्यकारी निर्देशक करण चौधरीले पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको हुन्छ भन्दै यसै मूल्य मान्यतालाई आत्मसाथ गर्दै एक्सएल६ गाडी प्रस्तुत गरिएको बताए । जसले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्ने उनले बताए ।

आजका ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फोर्ट नै हो, जुन यसमा रहेको छ भन्दै चौधरीले यसको आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, कार्यक्षमता तथा सुरक्षा जस्ता प्रमुख विशेषता एक्सएलटमा रहेको बताए ।

बोल्ड, आइकोनिक, स्पोर्टी एवं प्रभावशाली बाहिरी रुप
एक्सएल६को भित्रीरुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता भएको कम्पनीको भनाई छ । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रशबार डिजाइन, हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ भन्दै सिजी मोटोकर्पले कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैमा आकर्षक बन्न पुगेको जनाएको छ ।

आरामदायी भित्री रुप
एक्सएल६मा पर्याप्त भित्री स्पेस रहेकोले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सक्नेछन् । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त रहेका छन् । साथै, आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्सा सेफ्टी सिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित रहेको जनाइएको छ । भ्यान्टिलेटेड कपहोल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेटलगायतका विशेषताले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पुर्याएको छ ।

स्मार्ट प्ले स्टुडियो टचस्क्रिन
यस गाडिमा मनोरन्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउँदाको अवस्थामा स्मार्टप्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ ।

इन्जिन तथा ट्रान्समिसन
एक्सएल६ मा बीएस६ के१५ पेट्रोल इन्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ । यसमा लि–योन ब्याट्री रहेको हुन्छ । के१५ इन्जिनले ७७ किलो वाट एट ६००० आरपीएमको शक्ति प्रदान गर्दछ भने यसको अधिकतम टर्क १३८एनएम एट ४४००आरपीएम रहेको छ । साथै, एक्सएल६ मा ५ म्यान्युयल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।

सर्वप्रथम सुरक्षा, सदैव सुरक्षा
यसमा पाँचौं पुस्ताको प्ल्याटफर्म, फन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजन गरिएको छ । साथै यसमा एयरब्याग, एबीएस (एन्टी लक ब्रेकिङ सिस्टमको साथ इबीडी (इलेक्ट्रिक ब्रेक फोर्स डिष्ट्रिब्यूशन, फ्रन्ट सिट बेल्ट्स को साथ प्रि–टेन्सनर्स र फोर्स लिमिटर्स, इसोफिक्स चाइल्ड सिट एङचोरेज, हाइस्पिड वार्निङ अलर्ट, रिभर्स पार्किङ सेन्सर जस्ता अद्वितीय सुरक्षा सुविधा विद्यमान रहेको छ । एक्सएल६ को छेटाको मूल्य ४६ लाख ९९ हजार तथा अल्फाको मूल्य ४७ लाख ९९ हजार तोकिएको छ ।

अन्यविशेषताहरुः
वाइडथ (एमएम) म्याक्स टर्क १३८एनएम एट ४४००आरपीएम
लेन्थ (एमएम) ४४४५
म्याक्स पावर ७७केडब्यू एट ६०००आरपीएम
हाइट (एमएम) १७००
ह्वील बेस २७३०
लगेज स्पेस (एल) २०९एल (अल ३ रोज अप) ६९२एल (सेकेन्ड एण्ड थर्ड फोल्डेड)
ट्रान्समिशन ५ स्पिड म्यानुअल एण्ड फोर स्पिड अटोमटिक
टायर साइज १८५/६५ आर१५
डिसप्लेसमेन्ट १४६२ सीसी
फ्युल ट्यांक क्यापासिटी ४५एल
रेन्ज अफ कलरः नेक्सा ब्यू, ब्रभ खाकी, अउबर्न रेड, म्याग्मा ग्रे, प्रिमियम सिल्भर, आर्टिक ह्वाइट

Advertisement

Advertisement

Advertisement