निसान गाडीहरुका लागि उपहार योजना, नाडा अटो शोको बुकिङ्गमा एमआई ८ लाईट मोबाइल पाइने

Advertisement

काठमाडौं । भदौ १० गतेबाट सुरु भएकोे नाडा अटो शोमा निसान गाडीका लागि'फेस्टिभ ड्राइभ' उपहार योजना समावेश गरेको छ । निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ गरेवापत ३१ हजार ९९९ रुपियाँ बराबरको एमआई ८ लाईट मोबाइल निःशुल्क दिइने छ ।

गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ । ९५ हजार ९०० सम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बीमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ ।

नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ । निसान गाडी तथा फेस्टिभ ड्राइभ योजनाको बारेमा थप जानकारीका लागि कृपया नाडा अटो शोको पायोनियर मोटोकर्प स्टल नं. आइृ २१ मा जानुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement