माछापुच्छ्रे बैंकको सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १६ प्रतिशत जसमा ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर गरि कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले अघिल्लो वर्ष १०५ मात्र नगद लाभांश दिएको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपियाँ रहेको बैंकको साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपियाँ सञ्चित छ। माछापुच्छ्रेले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ७० करोड ३५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपियाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपियाँ ५७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement