विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा, रोहित र किरण अटाए, विराज आउट

Advertisement

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुबेत र चाइनिज ताइपेविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कुवेत र ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य कप्तान विराज महर्जन टिममा परेका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।

नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्नेछ । यस्तै ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन् ।

नियमित सदस्य रोहित चन्द र किरण चेम्जोङ टिममा परेका छन् । मलेसियन क्लबसँगको खेलमा रोहित र किरण टोलीमा थिएनन् । विश्वकप छनोटमा नेपाल समूह 'बी' रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, रजिन धिमाल, देबेन्स तामाङ, सुमन अर्याल, अजित भण्डारी र सरोज दाहाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, रवि पासवान, हेमन गुरुङ, तेज तामाङ र रोहित चन्द ।

फरवार्ड : विमल घर्तिमगर, अभिशेक रिजाल र नवयुग श्रेष्ठ ।

Advertisement

Advertisement

Advertisement