सेयर बजारमा आज पनि गिरावट जारी, सेयर किनबेच पनि घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक तीन अंकले घटेर एक हजार १९४ दशमलव ६० अंक कायम भयो । बुधबार दोहोरो अंकले घटेको नेप्से आज एकल अंकले घटेको हो ।

आज सेयर कारोबार पनि करिव ११ करोडले घटेर २६ करोड ५६ लाख रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा कुमारी बैंक अगाडि रहेको छ । उक्त बैंकको एक करोड ६१ लाखको सेयर कारोबार भयो । धेरै घाटा सहनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता अगाडि छन् भने नाफा गर्नेमा सबैको लघुवित्तका लगानीकर्ता अगाडि छन् ।

समूहतर्फ जीवन बीमा र उत्पादनमूलक समूहका सुचकहरुमा उच्च गिरावट देखिएको छ । बाँकी सबै समूहमा गिरावट हुँदा विकास बैंक समूहमा भने वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement