रुकुम पश्चिममा एनसेल टावरमा आगजनी

Advertisement

रुकुम । आठबीसकोट नगरपालिका– १२ काफलडाडाँमा रहेको एनसेलको टावरमा आक्रमण भएको छ ।

बिहीबार राति नचिनेका मानिसको समूहले टावरमा आक्रमण गरेका हुन् ।

आगजनी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली गएको र प्रहरी पुगेपछि थप जानकारी आउने आठबीसकोटका प्रहरी निरीक्षकका अच्युत रेग्मीले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement