ब्याजदरबारे फेरी बोले अर्थमन्त्रीः निक्षेपमा ५–६, कर्जामा ९–१० प्रतिशतको सिमा ठिक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोप लागिरहेका अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदर बारे फेरी मुख खोलेका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालका सन्दर्भमा निक्षेप र ऋणको ब्याजदर सिमाबारे आफ्नो अडान दोहोर्याएका हुन् ।  ‘निक्षेपको ब्याजदर ५ देखि ६ प्रतिशत र कर्जाको ब्याजदर ९ देखि १० प्रतिशतको हाराहारीमा हुनुलाई राम्रो मानिन्छ, मेरो पनि धारणा यहि हो’, अर्थमन्त्रीले भने ।

ब्याज दरबारे के के भने अर्थमन्त्रीले ?

बैंकले सधै जमिन र घर मात्रै हेरेर ऋण दिने हो भने त व्यवसाय किन गर्नु पर्यो र ? बैंकहरुले व्यवसाय हेरेर ऋण दिनुस्, व्यवसायीको प्रतिष्ठा र सम्भावना हेरेर ऋण दिनु होस, धितो भनेको त दोश्रो तहको मात्रै सुरक्षा हो । बैंकका साथीहरुलाई मैले पटक पटक भन्दै आएको छु की बैंकको ब्याजदरमा खेलवाड नगर्नुहोस् । ५.९९ बाट एकै पटक १५.९९ प्रतिशत ब्याज दर ? एकै वर्षमा १० प्रतिशत बिन्दुमा ब्याजदरको मार्जिन बढाउने कुरा दुनियाँमा कहिँ पनि हुन्छ ? मेरो कुरा त्यहि हो ।

उद्योगी व्यवसायीले अहिले ९ प्रतिशत ब्याजदर चाहियो भनिरहनु भएको छ । बैंकहरुले ९ प्रतिशतमा नसक्ने हो भने १० वा ११ प्रतिशतमा बनाउनुस् । तर २।३ वर्षसम्म त्यसलाई स्थिर राखिदिनुस् । लगानीकर्तालाई ब्याजदर बारे निश्चिन्तता चाँही बनाईदिनुस् । मैले यहि कुरा भन्दै आईरहेको छु र फेरी पनि भनिरहेको छु ।

तपाई उद्योगी व्यवसायीलाई पनि मेरो अनुरोध छ की ५.९९ प्रतिशत ब्याजमा नेपालमा कर्जा पाइन्छ भनेर गाडी नकिन्नुस् । त्यस्तो गल्ति चाँही कहिल्यै नगर्नुस, त्यस्तो हुन्न है साथीहरु । डिपोजिटरले ६ प्रतिशतमा पैसा राख्दैन, अनि ५.९९ प्रतशितमा कर्जा कहाँ पाइन्छ नेपालमा ? पैसा यति सस्तो छैन नेपालमा । बचतको ब्याजदर ५ देखि ६ प्रतिशत हुनु राम्रो भन्ने सामान्य मान्यता हो । त्यसो हो भने कर्जा ब्याजद त ९।१० प्रतिशतको बिचमा नै हुने हो । त्यसो हुनाले कहिले काँही साह्रै सस्तो पैसाले पनि बचाउँदैन ।

तर पनि बैंकका साथीहरुलाई मैले बोलाईरहेको छु, भनिरहेको छु की जिम्मेवारी पूर्वक चल्नुस् । स्वभाविक रुपमा समाजले पचाउन सक्ने, उद्योग व्यवसाय पनि फस्टाउन सक्ने गरि नाफा कमाउनुस् । नाफा त सबैले कमाउनु पर्छ । तर बाच्नु त सबैले पर्छ । त्यसकारण बाच्य र स्वीकार्य ब्याजदर कायम गर्नुस् । व्यवसाय मैत्री ढंगले ब्याजदर तय गर्नुस् भन्ने अनुरोध छ ।

Advertisement

Advertisement

Advertisement