अर्थमन्त्रीलाई व्यवसायीको कटाक्षः १० प्रतिशत घुस बढेर ३५ पुग्यो, बाढेर खानेको सूची छ

Advertisement

काठमाडौँ । माननीय अर्थमन्त्रीज्यू, मैले घुस खुवाउने गरेको छ । खुस नखुवाई कर्मचारीले काम गर्दैनन्, त्यसैले घुस खुवाउँदै आएको छ, सत्य बोल्दा मलाई जेल हाले पनि जान तयार छु । तर पहिले १० प्रतिशत घुस दिँदा हुने काम अहिले बढेर ३५ प्रतिशत पुगेको छ । क कसले त्यो घुस बाँढेर खान्छन्, त्यसको सूचि छ मसँग । क कसलाई कुन कुन मितिमा कति घुस दिएँ, त्यसको पनि सूचि छ मसँग । उनीहरु सचिव, नेता र मन्त्रीलाई पनि बुझाउनुपर्छ भन्दै अहिले घुस रकम बढाईरहेका छन् । मन्त्रीज्यू, अब त्यस्तालाई के गर्नुहुन्छ ?

म सुदुरपश्चिम प्रदेको धनगढी भन्ने ठाउँमा व्यापार गर्छु । नेपालको दार्चुलादेखि ताप्लेजुङसम्म १५ सय किलोमिटर सिमाना भारतसँग जोडिएको छ । चीनसँग नेपाली नागरिकले सिधै पारि गएर समान किन्ने अवस्था छैन् ।  तर भारतीय सिमा तर्फको अवस्था फरक छ । सुदुरपश्चिम प्रदेशमा २५ लाख मान्छे छन् । तिमध्ये १६ लाख मान्छे कैलाली र कञ्चनपुरमा मात्रै बस्छन् । यी सबै मान्छे भारतको सिमा पारीको बजार क्षेत्रमा गएर किनमेल गरिरहेका छन् । नेपालीहरुको व्यापार चौपट भएको छ । भारतमा भन्दा नेपालमा समानहरु ५० प्रतिशत महंगो भएको छ । नेपालमा एक सय ५० रुपैंयाँ पर्ने समान भारतमा एक सय रुपैंयाँमा आउँछ । धनगढीको सिमापारी दैनिक १० करोडको व्यापार भैरहको छ । हाम्रो नेपाली बजारमा जम्मा एक करोडको व्यापार छ ।

अर्काे कुरा, जसले बजारमा राम्रो व्यापार व्यवसायी गरिरहेको छ, त्यसलाई मात्रै समाउने भन्ने भएपछि कसरी चल्छ ? सिमा पारी भारतीयहरुले नेपाली उपभोक्ताहरुलाई मात्रै लक्षित गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । भारतबाट नेपाली उपभोक्ताहरुले ल्याउने समानमा कुनै भन्सार लिईन्न । अर्थमन्त्रीज्यू, ७० प्रतिशत हाम्रो बजार भारतीयले खाई सके । हामी अझै चुप लागेर बसिरहेका छौं । किन ?

(नेपाल चेम्बर अफ कमर्शले राजधानीमा आयोजना गरेको कार्यक्रममा चेम्बर केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका संयोजक साउँदले अर्थमन्त्री सामु राखेको धारणा)

Advertisement

Advertisement

Advertisement