दुगड ब्रदर्सले भित्रायो महिन्द्राको मोटर ग्रेडर, अरु निर्माण उपकरणभन्दा प्रभावकारी

Advertisement

काठमाडौं । एमभी दुगड ग्रुपअन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रालिले महिन्द्र एण्ड महिन्द्राको जी–९० मोडलका मोटर ग्रेडर पहिलो पटक नेपाली बजारमा भित्राएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी यी उपकरणहरु सार्वजनिक गरिएको हो ।

रिप्पर एटाचमेन्टसहितको ९१ एचपीको मोटर ग्रेडर र लोडर नेपालको निर्माण क्षेत्रका लागि निकै उपयोगी रहेको भन्दै कम्पनीले यी उपकरणहरु अहिले नेपाली बजारमा भइरहेका भन्दा बढि प्रभावकारी, टिकाउ रहेको बताएको छ ।

यी उपकरण सार्वजनिक कार्यक्रममा एमभी दुग्रड ग्रुपका अध्यक्ष मोदीलाल दुगड, महिन्द्रा एण्ड महिद्रा भारतबाट आएका अधिकारीहरु, निर्माण व्यवसायीहरु सहभागी थिए । कार्यक्रममा उपकरणका नयाँ क्रेताहरुलाई चावी हस्तान्तरण गरिएको थियो । उपकरण बिक्री शुभारम्भको अवसरमा बुक गर्नेलाई विशेष अफर पनि प्रस्तुत गरिएको थियो ।

विभिन्न सेगमेन्टका दुई पाँग्रे, चार पाँग्रे गाडि, कृषि उपकरणका लागि लोकप्रिय महिन्द्र एण्ड महिन्द्राले पछिल्लो समयमा निर्माण सामग्रीको निर्माणलाई अघि बढाएको छ । लोडर, रोलर, ग्रेडर जस्ता निर्माण उपकरणहरु बिक्री गर्दै आएको दुगड ब्रदर्सले भित्राएको नयाँ मोडल जी–९० मोटर ग्रेडर समय सापेक्ष, सरल र सस्तो पनि रहेको जनाइएको छ ।

नेपालमा बनिरहेको सडकमा लगभग ८६ प्रतिशत सडक सिंगल तथा डबल लेनमा रहेको र बाध्यताबस १२ फिटको ब्लेड रहेको ग्रेडर चलाउनुपर्ने चलाउनुपर्ने बाध्यतामा रहेको छ । यसमा सुरुवाती लगानी बढि खर्चिनुपर्ने, तथा सञ्चालन खर्च पनि बढि नै हुने भन्दै महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधिहरुले जी–९० मोटर ग्रेडर सरल, सस्तो रहेको, तराईका फाँट, खोला नाला, तथा पहाडको उकालो, अप्ठ्यारो र घुमाउरो बाटोमा पनि सजिलैसँग प्रयोग गर्न सकिने जानकारी दिएका छन् ।

यस मोटर ग्रेडरमा अत्याधुनिक प्रविधि, उच्च फिनिसिङ क्षमताको साथ साना, मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिने उनीहरुको भनाई छ । यसमा मर्मत खर्च पनि अरु उपकरणमा भन्दा कम लाग्ने जनाइएको छ ।

नेपाल जस्तो विकासन्मुख मुलुकमा जी–९० मोटर ग्रेडरले निर्माण क्षेत्रमा क्रान्ति ल्याउने आफूहरुको विश्वास रहेको बताउँदै दुगड ब्रदर्सले दुई बर्ष वा असिमित घण्टाको वारेन्टी, स्पोर्ट सर्भिस तथा स्पियर पार्टस् सहुलियत नेपालभरी नेपालभरी आफ्नो सर्भिस सञ्जाल तथा स्पेयर्स सर्वसुलभ प्रदान गरिएको जनाएको छ ।

motilal-dugar

Advertisement

Advertisement

Advertisement