आर्थिक पत्रकार समाजमा नयाँ कार्यसमिति, अध्यक्षमा भीम गौतम

Advertisement

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको २०औं बार्षिक साधारण तथा निर्वाचनबाट भीम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

खसेको कुल २३३ मतमध्ये गौतमले कुल १२० मत पाए भने उनका प्रतिस्पर्धी मोदनाथ ढकालले ११० मत पाए । सेजनको उपाध्यक्षमा सरस्वती ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल, कोषाध्यक्षमा हिमाल पौडेल, सदस्यहरुमा विनय बन्जरा, हिमा विक, मुना कुवर, सुजन ढुँगाना, कमला अर्याल विजयी भएका छन् ।

उपाध्यक्षका प्रतिस्पर्धी ढकाल र विष्णु बेल्बासेको बराबर ८३।८३ मत आएपछि गोलाप्रथा गर्दा ढकाल विजयी हुन सफल भएकी हुन् । सभाको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल उपस्थित भएका थिए ।

Advertisement

Advertisement

Advertisement