बैंकिङ सिस्टम ह्याकिङले अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

Advertisement

काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । आनाधिकृत रुपमा बैंकको एटीएमबाट पैसा निकाल्ने क्रम बढ्नाले बैंकहरुले अनिश्चितकालका लागि एटीएम सेवा नै बन्द गरेको हो ।

अब बैंकका ग्राहकले एटिएमबाट कहिलेसम्म ?पैसा निकाल्न नपाउँने हो भन्ने कुराको निश्चित छैन । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको जनाएको छ ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ । त्यस्तै, नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँगै प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । यस घटनाबारे महानगरीय प्रहरी परिशर काठमाडौंले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement