सानिमा बैंकको नयाँ शाखा कैलालीको बौनियाँमा

Advertisement

काठमाडौं । सानिमा बैंकले आफ्ना नयाँ शाखा विस्तारका क्रममा भदौ १५ गते कैलालीको बौनियाँमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन भएको हो ।

उद्घाटन समारोहमा सानिमा बैंकका संचालक भरत कुमार पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत ी भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्

यसरी, सानिमा बैंकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा ए।टि।एम। रहेका छन । त्यसैगरी, यस बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय पुँजी ०.०८ प्रतिशत रहेको प्रमुख निक्षेप व्यवस्थापन–रिटेल विमल बास्तोलाले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement