सेयर बजारमा दोहोरो अंकको गिरावट, २९ करोडको मात्रै कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक ११ दशमलब ६३ अंकले घटेर एक हजार १८४ दशमलव ७८ अंक कायम भयो ।

आज सेयर कारोबार पनि करिव २९ करोड ७३ लाख ९८ हजार तीन रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको एक करोड ९७ लाखको सेयर कारोबार भयो ।

धेरै घाटा सहनेमा साञ्जेन लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता अगाडि छन् भने नाफा गर्नेमा सबैको लघुवित्तका लगानीकर्ता अगाडि छन् । समूहतर्फ फाइनान्स बाहेकका सबै समूहका सुचकहरुमा उच्च गिरावट देखिएको छ । बाँकी सबै समूहमा गिरावट हुँदाफाइनान्स समूहमा भने वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement