दूधको मूल्य प्रतिलिटर १० रुपियाँ बढाउन माग

Advertisement

काठमाडौं । दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।

रिपोर्टस् क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पशुपालन व्यवसायी तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य १० बढाउन माग गर्नुभएको हो । उनले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताए ।

अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै उठ्दैन, उनले भने, सम्पूर्ण वस्तुको मूल्य पटकपटक बढ्दा पनि दूधको मूल्य बढेको छैन । त्यसैले दूधको मूल्य बढाउनु पर्दछ । केन्द्रीय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानले नेपालमा दूध उत्पादक किसानको सहभागिता हुनुपर्ने, किसान निवृत्तिभरण र किसानको वर्गीकरणसहितको परिचयपत्र व्यवस्था गर्नुपर्ने, कृषि सहकारी र बचत ऋण सहकारीले एक प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न पाउनुपर्ने समाजले माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement