रुसमा बिजुलीको पोलमा ठोक्किएर हेलिकोप्टर खस्यो

Advertisement

रुस । रुसमा हेलिकोप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३१ अगष्टमा मस्को बाहिर क्ल्याज्मा नदीमा सानो हेलिकप्टर दुर्घटना हुँदा दुईजना यात्रीको मृत्यु भएको थियो ।

दुई सीटे हेलिकप्टरले विद्युत लाइनमा ठक्कर दिंदा उक्त घटना भएको हो । घटनामा पाइलट र यात्रीको घटनास्थलमा मृत्यु भएको थियो । लगत्तै शव नदीबाट निकालिएको थियो ।

निजी स्वामित्वमा रहेको दुई सीटे हेलिकप्टरले विद्युत लाइनमा ठक्कर दियो र नदीको किनारमा ५० मिटर टाढा खसेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै रुसी समाचार संस्थाले जनाएको छ ।
एक आपराधिक जांच दुर्घटनामा खोलिएको थियो । सानो हवाईजहाजको यो दुर्घटना मास्को क्षेत्रको एक दिनमा दोस्रो भएको हो ।

Advertisement

Advertisement

Advertisement