७.१ प्रतिशतले ले बढ्यो अर्थतन्त्र, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको अर्थतन्त्र ७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार मूल्य वृद्धि भने जम्मा ४.६ प्रतिशतमा सिमित भएको छ । गत वर्ष आयातको वृद्धिदर १३.९ प्रतिशत र निर्यातको वृद्धिदर १९.४ प्रतिशत कायम भएको छ ।

२०७४।७५ मा आयातको वृद्धिदर २५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.४ प्रतिशत रहेको थियो । रेमिटेन्सको आगमन नेपाली रुपैंया १६.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति १०३८ अर्ब ९२ करोड कायम भएको छ । उक्त सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।२०७४।७५मा उक्त सञ्चिति ११०२ अर्ब ५९करोड रहेको थियो ।

Advertisement

Advertisement

Advertisement