बैंक अफ काठमाण्डूका लगानीकर्तालाई १७ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डूका लगानीकर्ताले १७ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको भदौ १५ गते बसेको १३० औं बैठकले बोनस सेयर र नगदसहित १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

अब बैंकका सेयरधनीले ११ प्रतिशत नगद लाभांश(कर सहित) र ६ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement