महानगरीय ट्राफिक महाशाखामा भिम ढकाल

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा एसएसपी भिम ढकाल नियुक्त भएका छन् । एसएसपी बसन्त कुमार पन्त सरुवा भएसँगै ढकाललाई प्रमुख बनाईएको हो । करिब २ महिना अघि मात्रै ढकाल एसएसपीमा बढुवा भएका थिए ।

उनले केहि दिनपछि मात्रै आफ्नो कार्यभार सम्हाल्नेछन् । ढकालले यसअघि झापा र सप्तरी जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । दशैं तिहारको लगायतका चाडबाडको मुखैमा ट्राफिक प्रहरी महाशाखा आईपुगेका ढकालको काँधमा यी पर्वहरुमा हुने अव्यवस्था हटाउने र दुर्घटना न्युनिकरण गर्ने जिम्मेवारी छ ।

Advertisement

Advertisement

Advertisement