बैदेशिक रोजगारीमा जानेको बैंक खाता नभए श्रम स्वीकृति नपाउने

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा जानेले सोमबारदेखि अनिवार्य बैंक खाता खोल्नु पर्ने भएको छ। बैंक खाता नहुनेलाई श्रम स्वीकृति नदिइने वैदेशिक रोजगार विभागका महानिर्देशक भिस्मकुमार भुसालले बताए।

बैंकिङ च्यानल मार्फत रेमिट्यान्स भित्र्याउन सरकारले यस्तो व्यवस्था गरेको हो। अन्तिम श्रम स्वीकृति लिनु पहिले वैदेशिक रोजगारीमा जाने व्यक्तिले आफ्नो वा आफ्नो नजिकको हक वालाको बैंक खाता अनिवार्य पेश गर्नु पर्ने छ।

आफ्नो खाता रहेको बैंकको नाम, खाता नम्बर, नाम, अन्य व्यक्तिको नाममा खाता भए नाता खुलाएर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नुपर्नेछ। यो व्यवस्था गरिएसँगै हुण्डिको कारोबार कम हुँदै जाने सरकारको अपेक्षा छ।

Advertisement

Advertisement

Advertisement