कतारका नरेन्द्र भाटले गैरआवासीय नेपाली संघको उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिने

Advertisement

काठमाडौं । कतारमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आएका नेपाली व्यवसाायी नरेन्द्र भाटले गैरआवासीय नेपाली संघको आउँदो महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) उपाध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् ।

यसअघि पनि उम्मेदवारी दिएका उनले अबको निर्वाचनमा भने विजय हासिल गर्नेगरी उम्मेदवारी दिन लागेको बताएका छन् । गैरआवासीय नेपाली संघ कतारको अध्यक्ष तथा मध्यपूर्व संयोजकसमेत भइसकेका भाट अहिले संघको सल्लाहकारको रुपमा कार्यरत छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघलाई स्वतन्त्र र बलियो बनाउँदै देश र विदेशमा रहेका सबै नेपालीका लागि नेपालीले सहयोग गर्ने संगठनको प्रयासलाई सफल बनाउन आफूले उपाध्यक्षको लागि उम्मेवारी दिन लागेको भन्दै भाटले डेढ दशकभन्दा लामो समय कतारमा रहेर यस क्षेत्रका लागि थुप्रै काम गरेकोले पनि आईसीसी उपाध्यक्षका लागि आफूले उम्मेवारी दिन इच्छा देखाउनु स्वाभाविक भएको बताए ।

गैरआवासीय नेपाली अभियानलाई अघि बढाउने कुरामा आफूले धेरै योगदान गरिसकेको उनको भनाई छ । भाटले साथीहरुले उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिए त्यसलाई कुशलता र इमान्दारितापूर्वक निर्वाह गरेर देखाउने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement