नविल बैंकमा खाता खोल्नेलाई १० लाखको बीमा , यस्ता छन् सर्त र सुविधा

Advertisement

नविल बैंकले सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएइको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा बैंकले ग्राहकलाई १० लाख रुपियाँसम्मको सामुहिक तथा व्यक्तिगत बीमा सुबिधा दिएको हो । त्यस्तो सम्झौतामा नविल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनालल र एनएलजी बीमाका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले हस्ताक्षर गरेका हुन् । योजना भदौ १५ गतेदेखि लागु भैसकेको छ ।

योजनाअन्तर्गत दैनिक मौज्दात पाँच हजार वा सोभन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाखको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको हो। यस योजनाअन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण अशक्तता भएमा एकमुष्ट १० लाख बीमा रकम प्रदान गरिनेछ।

साथै यो योजनामा सामेल भइरहन बचतकर्ताले सधैं पाँच हजार वा बढी मौज्दात कायम राख्नुपर्नेछ। त्यसैगरी पाँच हजार वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डरबमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौज्दात कायम राखी यस योजनामा सामेल हुन सक्नेछन्।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली पाँच हजार वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामेल हुन सकिनेछ ।

योजनामा सामेल हुन कुनै उमेरहद नभए पनि नाबालकको हकमा खाता संरक्षक यस योजनामा बीमित हुन सक्नेछन्। बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्नेछ।

Advertisement

Advertisement

Advertisement