बालुवाटार जग्गा प्रकरणः ५८ जनालाई वयानका लागि अख्तियारको पत्र, आधा दर्जन व्यवसायी पनि तानिए

Advertisement

काठमाडौं । वालुवाटार जग्गा प्रकरणमा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धानले वयानका लागि बोलाएको छ ।
आयोगले सार्वजनिक सूचनै प्रकाशित गरेर सरकारी जग्गा हिनामिना प्रकरणामा मुछिएका ५८ जनालाई एक हप्ताभित्र वयानका लागि हाजिर हुन भनेको हो ।

आयोग एक हप्ताभित्र वयानका लागि नआएमा कानुन बमोजिम अघि बढ्ने चेतावनी पनि दिएको छ । वयानका लागि बोलाईएकाहरु समय अवधी भित्र उपस्थित नभएमा आयोगले दोषी करार गरि मुद्धा दायर गर्नेछ । त्यसरी वयानका लागि बोलाईएका हरुमा गुठी संस्थानका तत्कालिन उप प्रशासक पुरुषोत्तम पौडेल र प्रेमहरी ढकाल समेत छन् ।

यसरी वयानका लागि बोलाईएकाहरुमध्ये अधिकांश बालुवाटारको सरकारी जग्गा खरिद गर्नेहरु छन् । आयोगले भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङको छोरी कामना गुरुङ, उद्यमी मनोज कुमार केडिया, व्यवसायी सज्जन कुमार चाचान, देवान्सी गोयल, गोविन्द लाल सांघाई, निकिता तुलाधर लगाायत पनि छन् ।

 

Advertisement

Advertisement

Advertisement