ग्लोबल आइएमई बैंकको नयाँ शाखा धनकुटाको हिलेमा

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा विस्तार गर्ने क्रममा धनकुटाको हिले बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरेका हुन् ।

यस बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै अध्यक्ष ढकालले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताएका छन् ।

बैंकको नयाँ शाखासहित कार्यालयको संख्या १४२ पुगेको छ । हाल बैंकले १४८ एटीएम, १८४ शाखारहित बैंकिङ सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको  जनाएको छ ।

Advertisement

Advertisement

Advertisement