सुनको भाउ उकालो लाग्ने क्रम जारी नै, तोलामा एक हजारको वृद्धि

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७२ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७३ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७३ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ७६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement