मेलम्चीका आयोजना प्रमुख भन्छन्– सात महिनामा काठमाडौंमा पानी खसाल्छौं

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कँडेलले सात महिनामै मेलम्चीको पानी काठमाडौं खसाल्ने दावी गरेका छन् । सार्वजनिक लेखा समितिको कार्यक्रममा उनले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भई उसले काम अघि बढाइसकेको र सात महिनामै काम सक्ने प्रतिवद्धतासमेत जनाएको बताउँदै आउँदो बैशाखभित्र मेलम्चीको पानी काठमाडौंवासीको घरमा पुग्ने दावी गरेका छन् ।

सिनो हाइड्रोसँग १० महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएको छ । यद्यपि सात महिनामै काम सम्पन्न गरे १० प्रतिशत बोनस दिएर अफरसमेत दिइएको छ । तर लामो समयदेखि मेलम्चीको काम सकिने लागेको भन्दै विगत केही बर्षदेखि मन्त्रीदेखि मन्त्रालय र आयोजनाका अधिकारीहरुले आशा देखाउने तर आयोजना सम्पन्न नहुने अवस्थाका कारण काठमाडौंवासीहरु निराश हुँदै गएका थिए ।

आयोजना चाँडै सम्पन्न भई काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान हुने आशा लिइरहेको बेला एकाएक मेलम्चीको इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि आयोजना थप अन्योलमा परेको थियो । यसैबीच केही दिनअघि सिनो हाइड्रोसँग बाँकी काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

आयोजना प्रमुख कँडेलले खानेपानीको पाइप विस्तारका क्रममा ३० करोड रुपियाँ क्षति पुगेको पनि बताए । उनले लाइपलाइन विस्तारका क्रममा थुप्रै समस्या झेल्नुपरेको भन्दै काम चाँडै सक्नेगरी आफूहरुले काम गरिरहेको बताए ।

Advertisement

Advertisement

Advertisement