मुक्तिनाथ विकास बैंकको प्रेमसागर फाउण्डेशन नेपाललाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेशन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ । बैंकले जनभोजको लागि एक दिनको लागत खर्च रकम रु पचास हजार रुपियाँ सहयोग गरेको छ । उक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका हुन् ।

यस फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्क भोजन खुवाउँदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पुर्याउदै आएको छ ।

मुक्तिनाथ विकास बैंकले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमाआवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ । हालै मात्रमुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकार तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement