८४८ वटा मेनपावरले बुझाए १७ अर्ब ४ करोड रुपियाँ धरौटी

Advertisement

काठमाडौं । ८ सय ४८ वटा मेनपावर कम्पनीहरुले ६ करोड धरौटी बुझाएका छन् ।  विभागले वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम मेनपावर कम्पनीहरुको धरौटी रकम बृद्धि गरेको थियो । नयाँ व्यवस्था अनुसार धरौटी राख्ने कम्पनीहरुको संख्या ८४८ पुगेको छ। ती संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य बिहिबार हुने महानिर्देशक भीष्म कुमार भुषालले जानकारी दिए ।

८ सय ४५ कम्पनीले २ करोडका दरले १६ अर्ब ९० करोड धरौटी जम्मा परेका छन् ।  एउटाले ६ करोड र दुई वटाले ४ करोडका दरले धरौटी राखेका छन्।

बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने ३०३ वटा कम्पनीले मर्जरका निवेदन दिएका छन् । ३०३ वटा कम्पनी मर्ज भएर १३१ वटामा सिमित भएका छन् । यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच।पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार।चार संस्था गाभिई बन्ने संस्था ९, तीन।तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई।दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहेका छन् ।

वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए । भदौ १ गतेसम्म १३२३ संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए ।

कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या ३०३ पुगेको छ। यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्ने भुषालले बताए।

Advertisement

Advertisement

Advertisement