दशैंको अग्रिम टिकट बुकिङ खुलाउन अन्योल, गाडी भाडा बढाउने योजना

Advertisement

काठमाडौं । यो वर्ष पनि दशैंको अग्रीम टिकट बुकिङमा अन्योल उत्पन्न भएको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेका छन् ।

यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने भएको छ ।

ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीब्रताका साथ काम अघि बढाउनुपर्ने बताएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हामालले यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् भने यातायात व्यावसायीहरुले अग्रीम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग गरेका छन् ।

बैज्ञानिक भाडा हुनुपर्ने माग राख्दै यातायात व्यवसायीले टिकटको मुल्य बढाएमात्र अग्रिम बुकिङ खोल्ने बताउदै आएका छन ।

Advertisement

Advertisement

Advertisement