कात्तिकबाट उपत्यकामा चार नयाँ शहरको निर्माण कार्य शुरु हुने

Advertisement

काठमाडौं ।  यस आर्थिक वर्ष २०७६।७७ मा उपत्यकामा नयाँ चार वटा सहर निर्माण गरिने भएको छ। शहरी विकास प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुर भित्र उक्त शहर निर्माण गर्न लागेको हो । विकास प्राधिकरणले निमार्ण गर्न लागेको उक्त सहरको (डिपिआर) लगभग तयार भईसकेको जनाएको छ ।

मन्त्रालयबाट स्वीकृत भएर आएपछि काठमाडौं उपत्यकामा नयाँ शहर बन्न पाँच वर्ष लाग्ने छ भने ललितपुर र भक्तपुर उपत्यकामा भने तीन वर्ष भित्रमा नयाँ शहर निर्माण भइसक्ने प्राधिकरणले जनाएको छ ।

उक्त तीन वटै उपत्यकाको नयाँ शहर निर्माण कार्य आगामि दशैँ–तिहारपछि शुरू हुने प्राधिकरणले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement