अर्थ मन्त्रालयले बनायो वैदेशिक सहायतासम्वन्धी नयाँ सफ्टवयर

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी सहायतासम्वन्धी जानकारी दिन सफ्टवयरको विकास गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार यस कार्यक्रमबीच विदेशी सहायता व्यवस्थापन सुचना प्रणालीको उद्घाटन गरे ।

दातृ निकाय मुलुकका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा बोलाएर सार्वजनिक गरिएको यो सफ्टवयर वेभमा आधारित अनलाइन डाटा स्रोत हो जसमार्फत हरेक दातृ संस्थालाई युजरको रुपमा यसभित्र सहायतासम्वन्धी विवरण राख्न, रिपोर्ट निकाल्न मिल्छ ।

नयाँ सफ्टवयर लाइफ भएसँगै पूरानो एड म्यानेजमेन्ट प्ल्याटफर्म विस्थापित भएको छ । अहिलेको सफ्टवयर बढि प्रयोगकर्तामैत्री, विस्तृत रहेको अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिएका थिए ।

उनले विगत दुई बर्षमा गरिएका सुधार प्रयासहरुबारे जानकारी दिँदै सोही क्रममा तयार गरिएको नयाँ सफ्टवयरले वैदेशिक सहायतालाई बढि पारदर्शी बनाउन सहयोग पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement