पानी सम्बन्धी काम गर्ने संगठनको उपाध्यक्ष बनेर कोरियाबाट फर्किए सुरेन्द्र पाण्डे

Advertisement

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पानीको मुद्दाका विषयमा काम गर्ने संस्था (वाक) को उपाध्यक्षमा चयन भएका छन ।

एसियाली संसदहरुको पहलमा दक्षिण कोरियामा भएको बैठकमा भागले पाण्डेलाई उपाध्यक्ष चयन गरेको हो । दक्षिण कोरियाको राजधानी सोलमा भएको एसियन नेशनल एसेम्ली बाटर कन्सलटेटिभ बोर्ड (वाक)को अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जोसियोङ योङ चयन भएका छन् । सम्मेलनबाट अर्का दुइ उपाध्यक्षमा पाकिस्तानका महमद भानडा, कम्वोडियबाट चन्दारा चयन भएका छन् ।

त्यसैगरि महासचिवमा भने विज्ञ ज्वाङ सिवाङ लिन चयन भएका छन् । कोषाध्यक्षमा कोरियाकै सांसद लिन जोयुङ चयन भएका छन् । सम्मेलनमा ६ देशका प्रतिनिधि सहभागि थिए ।

नेपालबाट उपाध्यक्षमा पाण्डेका अलवा सांसदहरु अमृता थापा र रामबाबु कुमार यादवलाई पनि सदस्यमा नियुक्त गरिएको छ । दक्षिण एसियामा पानीको समस्याका विषयमा समितिले काम गर्ने छ । बैठकमा भाग लिएर पाण्डेसहितको टिम बिहिबार स्वदेश फर्किएको हो

Advertisement

Advertisement

Advertisement