दोलखामा बाढीले कार बगाउँदा एकको मृत्यु दुई घाइते

Advertisement

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका(९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोसाी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोसी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन्।

घाइते दुवैको अवस्था सामान्य रहेको र सदरमुकाम चरिकोटमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नंको कार गए राति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो।

अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको जानकारी दिए।

Advertisement

Advertisement

Advertisement