धनकुटामा खोलाले बगाउँदा महिलाको मृत्यु

Advertisement

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी–१ की ४८ बर्षीया देविमाया आले मगर छन् ।

बिहिबार साँझ पौने ७ बजे माईतीबाट आफ्नो घर मारेकटहरे जाने क्रममा बाटोमा रहेको पखाले खोला तर्दा मगरलाई खोलाले बगाएको हो । उनलाई स्थानीयबासीले खोलाबाट गम्भीर अबस्थामा उद्धार गरेका थिए ।

उद्धार गरी उपचारका लागि जितपुर स्वास्थ्य चौकी लैजाने क्रममा राती करिव साँढे १२ बजे बाटोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement