प्राइम लाईफको विशेष साधारण सभा असोज ७ गते, १२.५ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट सेयरधनीलाई बोनस र लाभांश दिने गरेर असोज ७ गते विशेष साधारण सभा समेत बोलाएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट १२.५ प्रतिशत बोनस सेयर दिने र कर प्रयोजनका लागि ०.६५८ प्रतिशत नगद लाभांश सेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको असोज ७ गते मंगलबार आह्वान गरेको विशेष साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

उक्त बोनस लाभांश पारित भएसँगै प्राइम लाईफको चुक्ता पूँजी बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब कायम हुनेछ। अघिल्लो आर्थिक वर्ष २०७३।०७४ मा कम्पनीले १२.५० प्रतिशत बोनस शेयर र ०।६६ प्रतिशत नगद गरि कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

विशेष साधारण सभाका लागि कम्पनीले भदौ ३१ गते मंगलबार शेयर दाखिला (बुक क्लोज) खारेज गर्ने भएको छ।

Advertisement

Advertisement

Advertisement