सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७२ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज ५ सय रुपियाँले घटेर प्रतितोला ७१ हजार ५ सय रुपियाँ कायम भएको हो । महासंघले आज तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement