नेपाल बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल बैंक र सामाजिक सुरक्षा कोष (सासुको) बीच सहकार्य सम्वन्धी सम्झौता सम्पन्न सम्पन्न भएको छ । बैक र कोषबीच हालै सम्पन्न यससम्वन्धी सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक संक्षिप्त कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा सामाजिक सुरक्षा कोषमा आवध्द भएका रोजगारदाताहरुले आफना श्रमिकको आधारभुत पारिश्रमिकको ११ प्रतिशत र आफनो तर्फबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम नेपाल क्लियरिंग हाउस मार्फत बैकका अनलाईन विद्युतीय भुक्तानी प्रणालीमा जोडिएका सबै शाखाहरुबाट प्राप्त गरी बैंकले काठमाडौ बैकिङ कार्यालयमा कोषको नाममा खोलिएको कल खातामा एकिकृत रुपमा जम्मा गर्ने तथा कोषको निर्दशनानुसार खर्च वा रकमान्तर गर्न सकिने लगायतका प्रावधान रहेको बैकले जनाएको छ ।

बैंकले कोषलाई यस खातामा परिवर्तित व्याजदर अनुरुपको व्याज, खाताको विवरण अनलाईन हेर्न मिल्ने तथा इ बैकिङ एवं मोवाईल बैकिङ कारोवार गर्न मिल्ने लगायतका सुविधा कोषलाई उपलव्ध गराउने पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement