वर्ल्ड लिंकको दशैं–तिहार अफर, इन्टरनेट कनेक्सनमा टिभी उपहार

Advertisement

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दशैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा कम्पनीले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निःशुल्क नेट टीभी सेवा २५ हजार ९ सय ९० रुपियाँमा दिएको हो ।

अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३, ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचरमार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरेको छ ।

कम्पनीले सम्पूर्ण नयाँ तथा नियमित ग्राहकले खल्ती एपमा उपयोग हुने गरी २५० रुपैयाँ नगद ब्यालेन्स पनि प्रदान गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement