अब भारतमा पनि एनटीसीको सिमबाट इन्टरनेट चलाउन सकिने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले छिमेकी मुलुक भारत अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराउन शुरू गरेको छ ।

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस मात्र आदानप्रदान गर्न सकिँदै आएकोमा अब डाटा समेत प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

‘रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा मिति २०७६ भाद्र २० गतेदेखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुनेछ, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल टेलिकमले विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

२०७६ वैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरूका लागि पनि भारत र चीनमा रोमिङ सेवा उपलब्ध शुरू भइसकेको छ ।

हेर्नुहोस्, विज्ञप्ति 

 

Advertisement

Advertisement

Advertisement