टीभीएस अपाचे आरटीआर १६० २भि रेड एडिसन बजारमा

Advertisement

काठमाडौं । टीभीएसले अपाचे आरटीआर १६० २भी रेस एडिसन नेपाल भित्र्याएको छ । टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले युवा पुस्तालाई लक्षित गरेर यो मोटर साइकल सार्वजनिक गरेको हो ।

अभूतपूर्व रेसिङ डिकल्स, थ्रीडी लोगो, चमकदार रंग एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ । यसैगरी उच्च ग्रिप टायरका साथ पांग्रामा भएको नयाँ पिन स्ट्राइप, डबल डिस्क ब्रेक र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ अनुभूतिमा कुनै सम्झौता नगरेको दाबी गरिएको छ ।

टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टीभीएस मोटरका उत्पादनप्रति थप उत्साह जगाउने विश्वास टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलिपले बताए । यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ शौखिनलाई आकर्षित गर्ने दाबी उनको छ ।

सोअवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “यसको बिक्रीवितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवा एवं स्पेयर्स सपोर्ट मार्फत् गरिनेछ । हामी निरन्तर सहकार्य गरिरहने छौं ।”

मोटरसाइकलमा १५९.७ सीसीको सिंगल सिलिन्डर, ४ स्ट्रोक, एयर–कुल्ड इन्जिन जडान गरिएको छ । यसले ६५०० आरपीएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपीएममा १५.१२ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ । यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेन्डमा ०–६० किमि प्रतिघण्टाको गति दिलाउँछ । एक शक्तिशाली इन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको छ ।

टिभिएस अपाचे आरटिआर १६० २भी रेस एडिसन देशभरका सबै टीभीएस जगदम्बा शोरुममा उपलब्ध छन् । यो मोटरसाइकलको हालको बजार मुल्य २ लाख ६४ हजार ९ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement